नेपाली ‘ए’ र असम क्रिकेट एसोसिएसनबीचको चौथो टी–ट्वान्टी आज


काठमाडौं – भारत भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज असम क्रिकेट एसोसिएसनसँग चौथो टी–ट्वान्टी खेल्दैछ।

चौथो खेल पनि डे–नाइट मोडलमा हुँदैछ। नेपाल ‘ए’ र असमबीचको खेल असम क्रिकेट एसोसिएसन एसीए स्टेडियम गुवाहटीमा साँझ ५ बजे सुरु हुनेछ। पाँच खेलको टी–ट्वेन्टीमा नेपालले २–१ अंकको अग्रता लिएको छ। पहिलो खेलमा पराजित भएको नेपाल एले त्यसपछिका दुई खेलमा लगातार जित निकालेको हो।

शनिबार तेस्रो खेलमा नेपाल एले ९ रनको जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो।

जसमा सन्दीप जोराले ४८ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले। जवाफी ब्याटिङमा आएको असम पूरै ओभरमा १ सय ८७ रनमा अलआउट भयो।

नेपाल एले भोलि अन्ति खेल पनि डे–नाइट मोडलमै खेल्ने नेपाल क्रिकेट एसोसिएसन क्यानले जनाएको छ। नेपाल ‘ए’ राष्ट्रिय क्रिकेट टोलीको व्याकअप टोली हो।

प्रतिक्रिया