
गोरखामा पहिलो पटक जापनिज इन्सेफलाइटिस पुष्टि
गोरखा – जिल्लाको बारपाक सुलीकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङका एक पुरुषमा जापनिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमण पुष्टि भएको छ।
लामो समयदेखि चितवनमा बस्दै आएका ती पुरुष बिरामी भएपछि उनका छोरा–बुहारीले गाउँ ल्याएर उपचार गराएका थिए। तर स्वास्थ्यमा सुधार नआएपछि चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा चेकजाँच गर्दा जापनिज इन्सेफलाइटिस भएको पत्ता लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिए।
घटनापछि गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। साथै, पालिकाभरि स्वास्थ्यकर्मी परिचालन गरेर सचेतना कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ।



कागजपत्र |
