आजदेखि भारतमाथि ५० प्रतिशत अमेरिकी कर लागू


नयाँ दिल्ली – अमेरिकाले भारतमाथि थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गर्दै बुधबारदेखि नयाँ कर दर लागू गरेको छ।

भारतीय समय अनुसार बिहान ९:३० बजेदेखि लागू भएको व्यवस्थाअनुसार अब अमेरिकी बजारमा भारतीय सामान आयात गर्दा कुल ५० प्रतिशत भन्सार लाग्नेछ। यसअघि भारतमाथि २५ प्रतिशत मात्र भन्सार लगाएको थियो।

अमेरिकी सरकारद्वारा जारी सूचनामा भनिएको छ, ‘२०२५ अगस्ट २७ पछि आयात हुने वा गोदामबाट निकालिने कुनै पनि भारतीय उत्पादन नयाँ कर दरमा पर्नेछ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट कच्चा तेल खरिद गरेर अप्रत्यक्ष रूपमा युक्रेन युद्धलाई सहयोग गरेको आरोप लगाउँदै भन्सार वृद्धि गरिएको बताएका छन्। तर भारतले भने उक्त कदमलाई “अनुचित, तर्कहीन र अकारण” भन्दै अस्वीकार गरेको छ।

 

प्रतिक्रिया