
चितवनबाट दुई दिदीबहिनी हराए
चितवन– चितवनको भरतपुर महानगरपालिका–१० नहरचोक बस्ने दुई दिदीबहिनी बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीका अनुसार बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी १३ वर्षीया बहिनी रोशनी विक रहेका छन्।
परिवारले मंगलबार बिहान दुवै छोरी हराएको उजुरी दर्ता गरेपछि प्रहरीले खोजी सुरु गरेको छ। उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएकाले काठमाडौं प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको एसपी पुरीले जानकारी दिए।
परिवारका अनुसार दुवै बहिनी मंगलबार बिहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिक -७ घर भएका घरबाट निस्केका थिए र त्यसपछि सम्पर्कमा आएका छैनन्।
उनीहरूलाई कोही देखेमा नजिकको प्रहरी कार्यालयमा वा परिवारका सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा तुरुन्त खबर गर्न अनुरोध गरिएको छ।



कागजपत्र |
