तीजको दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – हिन्दु महिलाको पर्व तिजको दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो ।

तिजको बेलामा सुनको कारोबार बढी हुने व्यवसायीहरू बताउँछन् ।

मंगलबार सुनको मूल्य बढ्दा सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा तिजको दिन आज सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया