
राज्य व्यवस्था समिति सभापतिको मनोनयन दर्ता आज
काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ ।
समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिन्छ ।
मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।
राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका रामहरि खतिवडाले राजीनामा दिएका थिए ।



कागजपत्र |
