
हैजाले प्रभावित वीरगञ्जमा मन्त्री पौडेलको स्थलगत अनुगमन
काठमाडाैं- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै पनि प्रकारको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।
सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका क्रममा मन्त्री पौडेलले सरकार आवश्यक औषधि, सामग्री र उपचार सेवामा कुनै कमी हुन नदिनेगरी तयारीमा रहेको बताए।
‘यो महामारीको समयमा सबै पक्षले मानवीयतालाई प्राथमिकता दिनुपर्छ,’ भन्दै मन्त्री पौडेलले निजी अस्पतालहरूलाई पनि हैजाका बिरामीको उपचारमा हातेमालो गर्न आह्वान गरे।
उनले थपे, “बिरामीको स्वास्थ्य परीक्षणका लागि निजी अस्पताललाई पनि किट उपलब्ध गराउँछौं। सरकारले अन्य औषधि पनि उपलब्ध गराउँदा उहाँहरूले न्यून शुल्कमा उपचार गरेर बिरामीलाई राहत दिन सक्ने अवस्था आउँछ भने, हामी छलफल गर्न तयार छौं। अहिले निजी अस्पतालहरूले पनि मानवीयताको ख्याल गरेर सहयोग गर्नुपर्ने अवस्था हो।”
निजी अस्पतालहरूले पनि यही समाजमा सेवा पुर्याइरहेका भएकाले सरकारलाई मात्र होइन, आफैं पनि जिम्मेवारीपूर्वक अघि सर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ।



कागजपत्र |
