कबाड व्यवसायीद्वारा काठमाडौं महानगरकाे कार्यालय घेराउ


काठमाडौं– कबाड व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगर कार्यालय घेराउ गरेको छ।

कबाड व्यवसायी, संकलक र मजदुरहरूले आफ्नो पेशा व्यवसाय गर्ने संविधानले दिएको अधिकारको ग्यारेन्टी माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तुरुन्त रोकिनुपर्ने र ज्यादतीमा संलग्न महानगर प्रहरीमाथि कानूनी कारबाही हुनुपर्ने मागसमेत गरेका छन्।

उनले सरकारसँग पनि माग गरेका छन् कि कबाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न तत्काल हस्तक्षेप होस् र विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिइयोस्।

प्रदर्शनकारीहरू राष्ट्रिय झण्डा बोकेर महानगर कार्यालय घेराउ गर्न पुगेका थिए।

प्रतिक्रिया