गुण्डागर्दीमा संलग्न ‘रेस लामा’ उर्फ मोक्तान पक्राउ


काठमाडौं – गुण्डागर्दीमा संलग्न भएको आरोपमा ‘रेस लामा’ उर्फ गोपाल मोक्तान पक्राउ परेका छन् ।

लामालाई प्रहरीले काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति पक्राउ गरेको हो ।

उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । प्रहरी वृत्त गौशालाले अभद्र व्यहारको कसुरमा पक्राउ पुर्जी लिएर मोक्तानलाई पक्राउ गरेको हो ।

यसअघि तरबारले केक काटेको आरोपमा पनि उनी पक्राउ परेर छुटेका थिए ।

 

प्रतिक्रिया