१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


संखुवासभा- संखुवासभामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-८ बस्ने १९ वर्षीय पुष्कर तामाङ रहेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

पुष्करले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया