
काठमाडौंमा माधव पक्षको समानान्तर जिल्ला कमिटी घोषणा, मानन्धर अध्यक्ष
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधव नेपाल पक्षले संघीय राजधानी काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ।
आइतबार बसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो।
काठमाडौंमा भएको गुटभेलाले बागमती प्रदेशका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका मानन्धर नेकपा विभाजनपछि प्रचण्ड–माधव पक्षीय नेकपाको पनि जिल्ला अध्यक्ष भएका थिए।
यस्तै, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। समानान्तर कमिटीमा २ सय २५ जना सदस्य छन्।



कागजपत्र |
