कुवेतमा मदिरा सेवनका कारण मृत्यु हुने नेपालीकाे संख्या १६ पुग्यो


कुवेत- कुवेतमा विषाक्त (मिथानोल मिश्रित) मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ। एनआरएनए एनसिसी कुवेतले यो जानकारी दिएको हाे।

कुवेतमा केही दिनदेखि मिथानोल मिसिएको मदिरा सेवनका कारण नेपालीसहित २३ जना आप्रवासीको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी व्यक्ति विभिन्न अस्पतालमा उपचाररत छन्।

कुवेतमा मदिरा, लागूऔषधको प्रयोग, उत्पादन, बिक्री–वितरण र ओसारपसार पूर्ण रूपमा निषेधित छ। प्रतिबन्धका बाबजुद पनि नेपालीहरू यसमा संलग्न हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको भन्दै एनआरएनए कुवेतले दुःख व्यक्त गरेको छ।

एनआरएनएले सबैलाई प्राणघातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवन नगर्न, र कुवेतको कानुनले बन्देज गरेका कुनै पनि काम नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया