
प्रचण्डले बोलाए विपक्षी दलको बैठक
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएका छन्। उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीको चर्चा भइरहेका उनले बैठक बाेलाएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक माओवादी संसदीय दलको कार्यालयमा केहीबेरमा सञ्चालन हुनेछ। बैठकमा माओवादीसहित रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलहरूको सहभागिता रहने जानकारी दिइएको छ।
बैठकमा राजनीतिक रणनीति, गठबन्धनको समन्वय र उपसभामुखको पद विवादको असरबारे छलफल हुने अपेक्षा गरिएको छ।



कागजपत्र |
