
अस्ट्रेलियामा नेपालकाे पहिलो जित, नन्दनले लिए ५ विकेट
काठमाडौं – नन्दन यादवले ५ विकेट चट्काएसँगै अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ ।
१८१ रनको लक्ष्य पछ्याएको होबर्ट हुरिकेन्सले १६ ओभरमा ११३ रन मात्र बनाउन सकेपछि नेपालले ६७ रनको जित हात पारेको हो ।
नेपालका लागि रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले १÷१ विकेट लिएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाएका थिए भने आशिफ शेखले २९ रन बनाउँदा कुशल भुर्तेलले २७ रन बनाए । त्यस्तै लोकेश बलमे नटआउट २५ रन बनाउँदा भिम सार्कीले १८ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ९ रन बनाए भने यसअघिका खेलमा जमेका कुशल भुर्तेल ६ रनमा आउट भए । नेपालका लागि करण केसीले १ रन बनाउँदा नन्दन यादव पनि १ रनमै नटआउट रहे ।
नेपालले ३१ रन अतिरिक्त रन पाएको थियो ।
यसअघि तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
त्यसअघि बङ्गलादेश ‘ए’ र आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल पराजित भइसकेको छ।
११ टोली सहभागी प्रतियोगितामा ११ वटा टोली छन्।



कागजपत्र |
