भारतमा माओवादीसँगको भिडन्तमा मारिए २२ सुरक्षाकर्मी


काठमाडौं – माओवादीसँगको भिडन्तमा भारतको छत्तिसगढमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

४ घण्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता बनेको भारतीइ सञ्चार माध्यमहरुले जनाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा बलले बिजापुर र सुक्मा जिल्लास्थित जंगलमा माओवादीविरुद्ध अवरेसन चलाएका थिए।

त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका थिए। त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो।

माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको छ। घटनाको भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले निन्दा समेत गरेका छन्।

प्रतिक्रिया