दक्षिण कोरियामा एक नेपालीको निधन


उदयपुर – दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी–५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ। उनी विगत डेढ महिनादेखि बुसानस्थित अस्पतालमा अचेत अवस्थामा भर्ना थिए।

एकाएक ढलेर अचेत भएको कमललाई अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा उनको निधन भएको जानकारी कोरियामा रहेका उनका सालो पुरुषोत्तम चौधरीले दिएका छन्।

कमल चौधरी कसरी र के कारणले अचेत भए भन्नेबारे उनको परिवार अझै अनभिज्ञ छ। अचेत हुनुभन्दा एक महिना अगाडि उनी आफ्नो काम गर्दै आएको कम्पनी छोडेका थिए। त्यसपछि कामको खोजीका क्रममा कुनै सेल्टरमा बस्दा उनी अचेत भएका थिए।

दूतावासका अनुसार, कम्पनी छोडेर सेल्टरमा बसिरहेको अवस्थामा बेहोस भएका उनलाई प्रहरीले एम्बुलेन्समार्फत अस्पताल पुर्‍याएको थियो। उपचारको क्रममा उनको टाउकोमा रगत जमेको अवस्था देखिएको थियो।

कमलको उपचारमा १६ लाख रूपैयाँभन्दा बढी खर्च लागेको थियो। निधनपछि उक्त खर्च परिवारले तिर्न नसक्ने अवस्थामा रहेको छ।

प्रतिक्रिया