
जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता
काठमाडाैं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा भएको छ ।
बिहीबार यी दुई दलबीच कार्यगत एकताको घोषणा भएको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका थिए ।
भविष्यमा पार्टी एकता गर्ने नै गरी अहिले कार्यगत एकता घोषणा भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक नेताले जानकारी दिए ।



कागजपत्र |
