रसुवा बस दुर्घटनामा घाइते हुनेको संख्या २१ पुग्याे


काठमाडौं- रसुवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा घाइते हुनेको संख्या २१ जना पुगेकोछ।

रसुवाको आमाछोदिङमो गाउँपालिका गत्लाङबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ८४३५ बस बिहीबार रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि काठमाडौँ ल्याएको छ भने १७ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।

अटोलाई साईड दिने क्रममा बस सडकबाट करिब ४० मिटर तल खसेको थियो। घाइतेहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

घाइतेहरुको नामावली

गम्भीर घाइते

१. प्रिस्किला तामाङ, २० वर्ष, आमाछोदिङ्मो-१, रसुवा (काठमाडौं रिफर)
२. दावा साङ्मो तामाङ, ५१ वर्ष, आमाछोदिङ्मो-१, रसुवा (काठमाडौं रिफर)
३. बुद्दि वि.क., ५४ वर्ष, किस्पाङ-३, नुवाकोट
४. सुनिता तामाङ, २८ वर्ष, आमाछोदिङ्मो-४, रसुवा

मध्यम घाइते

५. गंगा पौडेल, ३८ वर्ष, उत्तरगया-२, रसुवा
६. जुनिसा तामाङ, २४ वर्ष, आमाछोदिङ्मो-५, रसुवा
७. गणेश सुनार, २७ वर्ष, मेगाङ-४, नुवाकोट (चालक)
८. राजकुमार सेन्चुरी, २१ वर्ष, मेगाङ-३, नुवाकोट (सहचालक)
९. तेन्चेन मेन्दु तामाङ, २८ वर्ष, आमाछोदिङ्मो-४, रसुवा
१०. दावा घले, ५२ वर्ष, गोसाईकुण्ड-५, रसुवा
११. पासाङ बुटी शेर्पाको २ महिने छोरी (काठमाडौँ रिफर)
१२. सम्बर लामा, ४७ वर्ष, धादिङ
१३. राम माया घले, ४० वर्ष, धादिङ
१४. सोना तामाङ, २७ वर्ष, नौकुण्ड-१, रसुवा
१५. सिता पौडेल, ३२ वर्ष, सुर्यगढी-४, नुवाकोट

सामान्य घाइते

१६. बिवश लोप्चन, २१ वर्ष, नौकुण्ड-१, रसुवा
१७. गणेश पौडेल, ३८ वर्ष, उत्तरगया-२, रसुवा
१८. जुनिसा तामाङ, २४ वर्ष, आमाछोदिङ्मो-५, रसुवा
१९. दिपेस परियार, १६ वर्ष, गोलाङजोङ, सिन्धुली
२०. सुजन सुनार, वर्ष नखुलेको, बिदुर न.पा.-१३, नुवाकोट

प्रतिक्रिया