
बागमतीका मुख्यमन्त्री बानियाँ साउन २७ मा विश्वासको मत लिँदै
काठमाडाैं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त भएका बानियाँले एमालेसँगको छलफलपछि उक्त मिति तय गरी प्रदेशसभा सचिवालयलाई बैठक बोलाउन निर्देशन दिएका हुन्।
संविधानअनुसार मुख्यमन्त्रीले नियुक्ति भएपछिका ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। बानियाँले नेपालको संविधानको धारा १६८(४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) अनुसार सांसदहरूको समर्थनमा विश्वासको मत लिने तयारी गरेका हुन्।



कागजपत्र |
