बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा वादे र सचिवमा महर्जन


हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् ।

त्यस्तै संसदीय दलको सदस्य सचिवमा मिनकृष्ण महर्जन पनि नियुक्त भएका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार काभ्रेका प्रदेशसभा सदस्य बादेलाई प्रमुख सचेतक र ललितपुरका प्रदेशसभा सदस्य तथा पूर्वखेलकुदमन्त्री महर्जनलाई सदस्य सचिव नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधानको दफा ११ को उपदफा १ बमोजिम सांसद बादेलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गरिएको हो ।

बादे काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित सांसद हुन् । उनी कांग्रेस बागमती प्रदेश समितिका महमन्त्री समेत हुन् ।

त्यसै मुख्यमन्त्री बानियाँले संसदीय दलको विधानको दफा १० को उपदफा ८ बमोजिम संसदीय दलको सदस्य सचिवमा मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् । प्रदेशको पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका महर्जनलाई बानियाँले सदस्य सचिवको जिम्मेवारी प्रदान गरेका हुन् ।

महर्जन ललितपुर निर्वाचन क्षेत्र नम्बर २ (क)बाट निर्वाचित सांसद हुन् ।

 

प्रतिक्रिया