बर्थडे पार्टी खाँदा २७ जना बिरामी


उदयपुर- त्रियुगा नगरपालिका-७, नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना मानिस बिरामी परेका छन्।

साउन २१ गते राति करिब ९ बजे जितेन्द्र राईको घरमा जन्मदिन मनाउने क्रममा छरछिमेकका मानिसहरू भेला भएका थिए। भोजमा विभिन्न परिकारहरू (रोटी, अचार, पुरी, बुनिया, पुवा आदि) खाएपछि उनीहरूलाई झाडापखाला र बान्ता हुन थालेको थियो।

बिरामी परेका २७ जनालाई साउन २२ गते राति ८ बजे जिल्ला अस्पताल, उदयपुरमा उपचारका लागि भर्ना गरिएको थियो। बिरामी हुनेहरूमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका रहेका छन्।

अस्पतालमा भर्ना भएका मध्ये २६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। एक जना बालकको भने उपचार जारी रहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया