
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपचुनावमा पार्टीको तयारी, निजामती कर्मचारी विधेयकअन्तर्गत कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिकालगायत विषयमा छलफल हुने बताइएको छ ।
यस्तै बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव, केन्द्रीय विभागको प्रगति रिपोर्टलगायत विषयमा छलफल हुनेछ । प्रदेश इन्चार्जहरुले पनि प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने छन् ।
केन्द्रीय समिति बैठकले पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन गर्नुका साथै पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा पनि निर्णय गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।



कागजपत्र |
