
उत्तराखण्ड बाढीः धादिङका ४ जना सम्पर्कबिहीन
काठमाडौं — भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् ।
उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।
उनीहरु कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको जनाइएको छ ।
साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ ।
सो घटनामा परी जाजरकोटका ७ जनाको मृत्यु भएको पुष्टी भएको छ भने अन्य ६ जना सम्पर्कबिहीन छन् । त्यस्तै बर्दियाका ४ जना र जुम्लाका १ जना सम्पर्कबिहीन भएका छन्।



कागजपत्र |
