बौद्धमा युवकमाथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ


काठमाडौं- काठमाडौंको बौद्ध क्षेत्रमा एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भई हाल गोकर्णेश्वर नगरपालिका–७ मा बसोबास गर्दै आएका २० वर्षीय आशिष राई र मोरङको उर्लाबारी नगरपालिका–१ घर भई हाल गोकर्णेश्वर–५ जोरपाटीमा बस्ने १८ वर्षीय संस्कार मगर रहेका छन्।

गत साउन १८ गते राति गोकर्णेश्वर नगरपालिका–६ स्थित नारायणटारको लामा पेट्रोल पम्प नजिकै सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो। मकवानपुर स्थायी घर भई हाल गोकर्णेश्वर–४ मा बस्दै आएका थोकर घाइते भएपछि तत्काल राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरी उपचार थालिएको हो।

उक्त घटनापछि अनुसन्धानमा खटिएको जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको सादा पोशाकमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रतिक्रिया