
रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न ९ जनाको आवेदन
रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्।
रास्वपाले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट प्राप्त आवेदकहरूको विवरण सार्वजनिक गर्दै ९ जनाले नाम दर्ता गराएको जानकारी दिएको हो।
रास्वपाबाट उम्मेदवार बन्न आवेदन दिनेहरूमा सुलभ खरेल, पाथिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुशुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन्।
पार्टीले उम्मेदवार चयन प्रक्रिया अन्तर्गत दाबी–विरोधका लागि साउन २३ र २४ गते समय निर्धारण गरेको छ। प्रारम्भिक निर्वाचन भदौ १२ गतेसम्म सम्पन्न गर्ने तयारी समेत गरिएको छ।
रुपन्देही–३ मा प्रतिनिधिसभा उपनिर्वाचन आगामी १७ कात्तिकमा हुने तय भएको छ।



कागजपत्र |
