विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिलालाई पनि सजाय हुने व्यवस्था आउने तयारीमा : कानुनमन्त्री


काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विवाहित पुरुषसँग जानीजानी सम्बन्ध राख्ने महिलालाई पनि सजाय हुने कानुनी प्रावधान आउन लागेको बताएका छन्।

महिला अधिकारकर्मी बिनु यादवको अनशन तोड्न बुधबार राति माइतीघर मण्डला पुगेका मन्त्री चौरसियाले उक्त कानुनी प्रावधानबारे खुलासा गरेका हुन्। उनले आगामी कानुन संशोधनमार्फत सामाजिक र वैवाहिक सम्बन्धमा हुने गम्भीर असरलाई ध्यानमा राखेर यस्तो व्यवस्था गर्न लागिएको बताए।

“अब आउने कानुनमा विवाहित पुरुषसँग जानीजानी सम्बन्ध राख्ने महिलालाई पनि सजायको दायरामा ल्याउने तयारी हुँदैछ,” मन्त्री चौरसियाले भने।

उनका अनुसार कानुनले अब एकपक्षीय रूपमा महिलालाई मात्र संरक्षण गर्ने होइन, विवाहित सम्बन्धमा हस्तक्षेप गर्ने कार्यलाई पनि कानुनी रूपमै सम्बोधन गरिनेछ।

 

 

प्रतिक्रिया