
अमेरिकाको सपना देखाएर ठग्ने मीना प्रहरी खोरमा
काठमाडौं- अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–५ घर भएकी ४८ वर्षीया मीना कुँवर छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो । उनले अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ९ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।



कागजपत्र |
