
क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा कलंकीबाट समातिए हेटाैंडाका सुशान्त
काठमाडाैं – क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा राजधानीबाट एक जना युवक पक्राउ परेका छन्र ।
हेटाैंडा स्थायी घर भइ हाल काैशलटार बस्दै आएका २१ वर्षीय सुशान्त दाहाललाई प्रहरीले काठमाडौंको कलंकीबाट क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।
कलंकीमा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचना पाएपछि परिसरको टोली खटिएको थियो। उक्त टोलीले दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
नेपाली रकम अनुसार ७८ लाख ३० हजार ३८८ रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको जनाइएकाे छ ।
पक्राउ परेका दाहालमाथि प्रहरीले अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान थालेको छ।



कागजपत्र |
