एक्सरे गर्न आएकी बालिकामाथि स्वास्थ्यकर्मीले नै यौन दुर्व्यवहार गरेपछि…


बुटवल- गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, रामनगर बुटवलमा कार्यरत एक कर्मचारीले एक्सरे सेवाका क्रममा एक १७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–८ निवासी ३१ वर्षीय सुवास गौतम रहेका छन्। उनी सो अस्पतालमा कार्यरत थिए।

शुक्रबार भएको उक्त घटनामा पीडित बालिकाले एक्सरे गरिसकेपछि कपडा लगाउने क्रममा संवेदनशील अंगमा छुने जस्ता अश्लील दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार घटनाबारे उजुरी प्राप्त भएपछि गौतमलाई नियन्त्रणमा लिइएको हो।

‘शुक्रबारको घटना हो, शनिबार सार्वजनिक बिदा परेकाले आज (आइतबार) म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ,’ प्रहरी निरीक्षक खत्रीले भने। उनका अनुसार गौतममाथि बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया