कांग्रेस बागमती प्रदेश संसदीय दल नेतामा बानियाँ विजयी, खुल्यो मुख्यमन्त्री बन्ने बाटो


काठमाडौं — बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ विजयी बनेका छन् ।

सम्पन्न मतगणनामा बानियाँ २२ मत ल्याउँदै संसदीय दल नेतामा विजयी भएका हुन् ।

वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले १४ मत ल्याएका थिए । बागमती प्रदेशमा रहेका नेपाली कांग्रेसका ३७ प्रदेशसभामध्ये सबै मत खसेको थियो । ती मध्ये १ मत बदर भएको थियो ।

९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि संसदीय दलको नेताका लागि आज निर्वाचन भएको थियो । यससँगै अब बागमती प्रदेशमा बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् ।

प्रतिक्रिया