
गुल्मीको धुर्कोटमा आगलागीमा परेर महिलाको मृत्यु
गुल्मी – गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले बताए ।
एक तले घरमा आगलागी हुँदा विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार उनी मानसिक रुपमा अवस्वस्थ व्यक्ति हुन् ।
घरमा रहेकी मनिदेवी वि.क., उनका नातिहरू १२ वर्षीय श्रीधर वि.क. र ११ वर्षीय अरुण वि.क. भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुलेको छैन ।



कागजपत्र |
