
नुवाकोटबाट हजारका नक्कली नोटसहित २ जना पक्राउ
नुवाकोट – नुवाकोटमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्।
दुप्चेश्वर गाउँपालिका-६ रामती बजारमा नक्कली नोटको प्रयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
दुप्चेश्वर-७ का ४२ वर्षीय नरबहादुर तामाङ र भिमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गा रेग्मीका अनुसार उनीहरूबाट २४ वटा हजारका नक्कली नोट बरामद भएको छ।
बुधबार राति रामती बजारमा बालकहरूले नक्कली नोट लिएर हिँडेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले ६९ वटा हजारका नोट फेला पारेको थियो। पछि अनुसन्धानको क्रममा भिमबहादुरले घरमा राखेका २४ वटा नोट पनि बरामद भएको एसपी रेग्मीले बताए।
उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।



कागजपत्र |
