
पहिले जबरजस्ती करणी त्यसपछि गर्भपतनको गराएकाे आरोपमा चिकित्सक पक्राउ
महोत्तरी- बर्दिबासमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको र गर्भपतन गराएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ परेका चिकित्सक ४१ वर्षीय हुन् र उनी बर्दिबासको डी एन् बी मेडिकेयर सेन्टरमा कार्यरत छन्। प्रहरीले साउन ५ गते सोमबार उनलाई पक्राउ गरेको हो।
किशोरीको परिवारले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार, ती चिकित्सकमाथि सुरुमा जबरजस्ती करणीको आरोप थियो र त्यसपछि उनले किशोरीको १० हप्ताको गर्भपतन समेत गराएको आरोप रहेको छ।
किशोरीको परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिएपछि प्रहरीले चिकित्सकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।



कागजपत्र |
