
ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ
काठमाडौं- ठमेलस्थित एक होटलबाट २ किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन निवासी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।
उनीहरूलाई सोमबार साँझ ज्याठास्थित ‘चिनियाँ नामको होटल’ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकासँग बरामद भएको सुन र नगद स्रोतबारे अनुसन्धान भइरहेको कार्यालयले जानकारी दिएको छ।



कागजपत्र |
