तारकेश्वरमा मृत भेटिएकी महिलाको सनाखत


काठमाडौं- काठमाडौंको तारकेश्वरमा सोमबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको सनाखत भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार मृतक महिला धादिङको ज्वालामुखी गाउँपालिका–३ की २६ वर्षीया तिलमाया तामाङ हुन् । उनी हाल तारकेश्वर नगरपालिका–४ शेषमतीमा बसोबास गर्दै आएकी थिइन् ।

तामाङ सोमबार बिहान तारकेश्वर नगरपालिका–८ पिपलडाँडास्थित टुसालचौर खेलमैदानको फलामे बारमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार उनी आइतबार रातिदेखि बेपत्ता थिइन् । आफन्तहरूले हराएको जानकारी गराएपछि खोजीका क्रममा सोमबार बिहान उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया