
माैद्रिक नीतिले शेयर बजार हरियो, ३१ अंकले नेप्से बढ्दा साढे ११ अर्बको कारोबार
काठमाडौं – मौद्रिक नितीपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार ३१.०८ अंकले बढेर २७६२.८८ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ ।
उक्त दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३७ करोड १४ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ५३ लाख ५३ हजार रुपैंया, सानिमा बैंकको २५ करोड १८ लाख ३२ हजार रुपैयाँ, सिइडिबी होल्डिङको २४ करोड ८८ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।



कागजपत्र |
