एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज


काठमाडौं – नेकपा एमालेले आज केन्द्रीय विभागहरूको संयुक्त भेला आयोजना गर्दैछ।

पार्टीको आगामी भदौ २०–२२ सम्म आयोजना गरिने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा भेला आयोजना गरिएको हो।

दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूको उपस्थिति अनिवार्य रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए।

 

प्रतिक्रिया