आवासीय घर कर्जाको सीमा ३ करोड पुग्यो


काठमाडौं -आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा बढाइएको छ।

राष्ट्र बैंकले हालसम्म २ करोड रुपैयाँ रहेको व्यक्तिगत आवासीय घर निर्माण वा खरिदका लागि दिइने कर्जाको सीमा अब ३ करोड रुपैयाँ पुर्‍याउने घोषणा गरेको हो।

गभर्नर डा. विश्वनाथ पौडेलद्वारा सार्वजनिक मौद्रिक नीतिमा ‘पहिलो घर’ निर्माण वा खरिद गर्नेहरूका लागि कर्जा मूल्य अनुपात  ८० प्रतिशत कायम गरिने उल्लेख छ।

अन्य अवस्थामा भने कर्जा मूल्य अनुपात ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ।

नयाँ नीतिअनुसार, पहिलोपटक घर बनाउने वा किन्ने व्यक्तिहरूले ३ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् भने, उनीहरूलाई किन्न लागिएको सम्पत्तिको ८० प्रतिशतसम्म कर्जा लिन सकिने सुविधा हुनेछ।

प्रतिक्रिया