
विशेष अदालतलाई अन्तर्राष्ट्रिय मापदण्डको आइएसओ प्रमाणपत्र
काठमाडौं – नेपालका विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको एनएस/आइएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। बुधबार विशेष अदालतमा आयोजित एक कार्यक्रममार्फत अदालतले प्रवाह गर्दै आएको सेवाको मूल्याङ्कन पश्चात यो मान्यता प्रदान गरिएको हो।
विशेष अदालत न्याय प्रणालीमा जवाफदेहिता, पारदर्शिता, दिगोपन र प्रशासनिक सुधारमा अग्रसर देखिएको आधारमा यो प्रमाणपत्र प्रदान गरिएको हो। अदालतका अध्यक्ष टेक नारायण कुँवरले प्रमाणपत्र सार्वजनिक गर्दै न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमान्दारिता, उत्तरदायित्व र जनविश्वास कायम राख्न लगातार सुधार गरिँदै आएको बताए।
उनले भने, “विशेष अदालत आइएसओ प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली न्यायिक संस्था बनेको छ। अब अदालतले प्रत्येक वर्ष लेखापरीक्षण (अडिट) गराउनुपर्ने, तीन वर्षमा पुनःप्रमाणित गराउनुपर्ने, र सेवा अभिलेखको व्यवस्थित दस्तावेजीकरण गर्नुपर्ने हुनेछ।”



कागजपत्र |
