सिन्धुपाल्चोक प्रशासनको चेतावनी: भारी वर्षाको सम्भावना, नदी किनारमा सतर्क रहन आग्रह


काठमाडौं — जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज राति भारी वर्षाको सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बतस्थित न्यालम क्षेत्रमा भइरहेको वर्षा आज राति थप बढ्न सक्ने चिनियाँ अधिकारीको सूचनाका आधारमा सम्भावित बाढीको जोखिम रहेको जानकारी दिएको हो।

सूचनामा भनिएको छ, “न्यालममा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी किनारका बासिन्दाहरू सतर्क रहनुहोस्। अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ खण्डसम्म) मा सवारी चलाउँदा समेत विशेष सावधानी अपनाउनुहोस्।”

 

प्रतिक्रिया