
गभर्नर विश्व पौडेलविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
काठमाडौं– सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
गभर्नर पौडेललाई कामकाजमा रोक लगाउन माग गर्दै दायर भएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतको इजलासले अन्तरिम आदेश दिन नमिल्ने ठहर गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
साथै, इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राखेर छिटो टुंगो लगाउन ‘अग्राधिकार’का साथ सुनुवाइ गर्न आदेश दिएको छ।
यस फैसलासँगै गभर्नर पौडेलले आफ्नो जिम्मेवारी बहालमै रहँदै निर्वाह गर्न पाउने छन्। अदालतको आदेशपछि अब मुख्य मुद्दामाथि विस्तृत सुनुवाइ हुने छ।



कागजपत्र |
