
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको ९३ वर्षको उमेरमा सोमबार अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको छ।
०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पाल्पा पश्चिम (क्षेत्र नं. ९३) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रेग्मीले नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनमा लामो योगदान दिएका थिए।
०४७ सालको अन्तरिम सरकारमा सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा रेग्मी आवास तथा भौतिक योजनामन्त्री थिए।
पाल्पाको तानसेन नगरपालिका–२, मेहलधारामा जन्मिएका रेग्मी कांग्रेसको संगठन निर्माणदेखि लोकतान्त्रिक आन्दोलनसम्म सक्रिय रहँदै आएका थिए।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन्।



कागजपत्र |
