
प्रधानमन्त्रीसँग स्पेन गएर नफर्कनेहरुको नाम बताउन सोबितालाई बर्तौलाको चुनौती
काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्रीसँग स्पेन भ्रमणका गएकाहरू नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोबिता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै गएका केही व्यक्तिहरू नफर्किएको बताएकी थिइन् ।
त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।
उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसद्लाई जानकारी गराउन समेत चुनौती दिए ।



कागजपत्र |
