रसुवा बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो


काठमाडौं— नेपाल-चीन सिमानामा पर्ने ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको छ। बेपत्तामध्ये तीन जना प्रहरी र ६ जना चिनियाँ नागरिकसमेत रहेका छन्।

सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटअनुसार गोरखाको पालुङटार–६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका छन्।

अहिलेसम्म ५१ पुरुष र ४ महिला गरी कुल ५५ जनाको उद्धार गरिसकिएको छ। प्रहरी, सेना र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारमा सक्रिय छन्। बाढीले १०० भन्दा बढी सवारीसाधन समेत बगाएको छ।

 

प्रतिक्रिया