भोजपुरमा युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ


भोजपुर – भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका-३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई रहेका छन् ।

उनीहरूले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया