दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। नेपाल प्रहरीको सहायक हवल्दार पदमा कार्यरत रहेका ऐरीले २०८२ सालको बैशाख २८ गते राजीनामा बुझाएका हुन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी विनोद घिमिरेका अनुसार ऐरीको राजीनामा स्वीकृत भइसकेको छ। ऐरी सन् २०१६ मा प्रहरी सेवा प्रवेश गरेका थिए।

नेपाल प्रहरीको क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले २०८० असोजमा प्रहरी सहायक हवल्दारमा विशेष बढुवा पाएका थिए।

राजीनामाको कारणबारे ऐरीले औपचारिक रूपमा केही नखुलाए पनि पत्रमा ‘घरायसी कारण’ उल्लेख गरिएको जनाइएको छ। तर, उनी विदेश जान चाहेका कारणले राजीनामा दिएको आशंका गरिएको छ। यसबारे संक्षिप्त प्रतिक्रिया दिँदै ऐरीले भने, “अहिले यसबारे नबोलौं, कुनै समय भनौँला नि।”

 

 

प्रतिक्रिया