

बहराइनको दुई कम्पनीले माग्यो नेपाली कामदार, यस्तो छ तलब तथा सुविधा !

काठमाडौं – बहराइनको दुई कम्पनीले नेपाली कामदारको माग गरेको छ । बहराइन सहरमा रहेको अल राजी फार्मेसी कम्पनीमा ९ जना र मनमा सहरमा रहेको नोरडिक बहराइन प्रोपटी कम्पनीमा २ गरी जम्मा ११ पुरुष नेपाली कामदारको माग गरेको हो ।
कम्पनीहरूले सेलमेन, क्यासियर, वर्कर, सर्ट असिस्टेन्ट, हाउस किपर र वाइटरका लागि कामदार माग गरेको छ । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३८ हजार माथि देखि ४६ हजार माथि सम्म पाउने छन् ।
कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले आइज ओभरसिज प्रालि को कार्यालय बसुन्धारा काठमाडौंमा चैत्र २६ गने अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

