फैसलापछि माओवादी प्रमुख सचेतक गुरुङले भने- सर्वोच्चले बेठिक गरेको छ तर मान्छौं


काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमाले र माओवादी ब्युँताउने फैसला पुनरावलोकनलाई अनुमति नदिने सर्वोच्च अदालतको फैसला बेठीक भएको बताएका छन् ।

यद्यपि प्रमुख सचेतक गुरुङले अदालतको फैसलाबारे छलफल गर्ने तर फैसलालाई स्वीकार गर्ने बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फैसला पुनरावलोकनका लागि गरेको निवेदनमा पुनरावलोकन नहुने आदेश दिइएको हो। मंगलबार प्रचण्डले सर्वोच्चको फैसला पुनरावलोकनका लागि निवेदन दिँदै रिट निवेदकले माग गरेभन्दा क्षेत्राधिकार मिचेर आदेश भएको उल्लेख गरेका थिए।

प्रतिक्रिया