प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित


काठमाडौं- प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो १ बजे संसद् बैठक बस्ने गरी स्थगनको घोषणा गरेका हुन् ।

यसअघि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेलाई प्रस्ताव गरेका थिए । उक्त प्रस्तावपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको छ ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् । जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध रहेको छ ।

 

प्रतिक्रिया