माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहीबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेता देव गुरुङले बताए। गत २३ फागुनमा सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो।

प्रतिक्रिया